काठमाडौँ-
पत्रकार दिलभूषण पाठकलाई कानुनबमोजिमबाहेक पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ। आफूलाई जारी भएको पक्राउ पुर्जीविरुद्ध पाठकले दायर गरेको रिटमा न्यायाधीश ऋषिराज भण्डारीको इजलासले उक्त आदेश दिएको हो।
अदालतले दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाएको छ। यसअनुसार पाठकलाई ५ गतेसम्म प्रहरीले पक्राउ गर्न नपाउने भएको छ। यो निर्णयले पाठकको पक्षमा राहत मिलेको छ।
