२०८२ असार १६ गते, सोमबार १४:४६

परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार गत चैत २० देखि २९ दिनसम्म शिक्षकहरूको आन्दोलन र त्यसपछि दुई दिन आवतजावतमा समय खर्च भएकाले उत्तरपुस्तिका परीक्षण कार्य ढिला सुरु भएको थियो।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • एसईई नतिजा ढिलो हुने: राष्ट्रिय परीक्षा बोर्डले एसईई नतिजा असारको तेस्रो सातामा सार्वजनिक गर्ने तयारी गरेको छ।
  •  शिक्षक आन्दोलनले ढिलाइ: उत्तरपुस्तिका परीक्षण शिक्षकहरूको २९ दिनको आन्दोलनका कारण ढिला सुरु भएको हो।
  • परीक्षण अन्तिम चरणमा: हाल परीक्षण अन्तिम चरणमा पुगेको र बोर्डले नतिजा छिटो तथा पारदर्शी रूपमा प्रकाशित गर्ने तयारी गरिरहेको छ।

काठमाडौं –

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो सातामा सार्वजनिक गर्ने तयारी गरेको छ। नियमित तालिका अनुसार असारको पहिलो सातामा नतिजा प्रकाशन हुनुपर्ने भए पनि शिक्षकहरूको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुँदा नतिजा सार्वजनिक गर्ने मिति पछि सरेको हो।

परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईका अनुसार गत चैत २० देखि २९ दिनसम्म शिक्षकहरूको आन्दोलन र त्यसपछि दुई दिन आवतजावतमा समय खर्च भएकाले उत्तरपुस्तिका परीक्षण कार्य ढिला सुरु भएको थियो। “शिक्षकहरूले २९ दिन आन्दोलन गर्नुभयो। दुई दिन आउजाउमा समय गयो। परीक्षण ढिला सुरु भयो। अब नतिजा तेस्रो साताभन्दा अगाडि सम्भव छैन,” डा. भट्टराईले भने।

उनले हाल उत्तरपुस्तिका परीक्षण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए। बोर्डले नतिजालाई यथासम्भव छिटो र पारदर्शी रूपमा सार्वजनिक गर्न तीव्र गतिमा काम गरिरहेको जनाएको छ।

प्रतिक्रिया

युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैनः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य

युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य गर्दै अघि बढ्नुको विकल्प छैनः उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाका सिर्जनात्मक, सकारात्मक र परिवर्तनकारी पहलकदमीसँग सहकार्य

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस