♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
गुलरिया –
बर्दियाको ठाकुरबाबा नगरपालिका-९ का १९ वर्षीय अर्जुन रोकायलाई प्रहरीले ठगीको आरोपमा नियन्त्रणमा लिएको छ। रोकायले आफूलाई प्रहरी सहायक निरीक्षक बताउँदै स्थानीय होटल र पसलहरूमा उधारो खाएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालका अनुसार रोकाय प्रहरी संगठनमा आवद्ध नभएको पुष्टि भएको छ। उनले झुठा र काल्पनिक परिचय बनाएर स्थानीयलाई हैरानी दिने र ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
डीएसपी डमरपालले भने, “रोकायले नक्कली प्रहरी परिचय बनाएर स्थानीयलाई दुख दिने र ठगी गर्ने गरेको पाइएको छ। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।”
प्रहरीले स्थानीयलाई यस्ता ठगीबाट सतर्क रहन आग्रह गरेको छ। थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा सम्पर्क गर्न सकिनेछ।