जिल्ला समन्वय समिति रौतहटका प्रमुख रामअयोध्या प्रसाद रायको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा नगर उपप्रमुख रिता देवी यादव, नगर प्रवक्ता मनोज जयसवाल, नेपाल पत्रकार महासंघका अध्यक्ष संजय कुमार कार्की, पत्रकार संजय कुमार मिश्रा लगायतले कटहरियाको अपेक्षित विकास नभएकोमा चिन्ता व्यक्त गरे।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
रौतहट/प्रेमचन्द्र झा
कटहरिया नगरपालिकाको ११औं नगरसभा मंगलबार सम्पन्न भएको छ। सभामा नगर प्रमुख अजय प्रकाशले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५४ करोड २५ लाख ५२ हजार ४७५ रुपैयाँको बजेट प्रस्तुत गरेका छन्। तर, सभामा कटहरिया नगरपालिकाका सात वडाका वडा अध्यक्षहरूले हचुवाको भरमा नगर परिषद् गरेको भन्दै सभाको बहिष्कार गरेका छन्।

नगर प्रमुख अजय प्रकाशले बजेट प्रस्तुत गर्दै मधेश आन्दोलनलगायत ऐतिहासिक आन्दोलनहरू र सहिदहरूको योगदानलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरे। उनले बजेटमा स्थानीय तहको अधिकार, नागरिकको मौलिक हक, दिगो विकास लक्ष्य, चालु वर्षका अनुभवहरू र सरोकारवालाहरूको सुझावलाई आधार बनाइएको बताए।
आम्दानीको अनुमान:
– आन्तरिक आय: रु. ४ करोड
– संघीय सरकार वित्तीय समानीकरण अनुदान: रु. १० करोड ९९ लाख
– संघीय सरकार सशर्त अनुदान: रु. २० करोड ३२ लाख ५० हजार ९७२
– संघीय सरकार राजस्व बाँडफाँट: रु. १० करोड २८ लाख ६१ हजार ३७१
– प्रदेश सरकार वित्तीय समानीकरण अनुदान: रु. ७५ लाख ६५ हजार
– प्रदेश सरकार राजस्व बाँडफाँट: रु. ६१ लाख ७४ हजार ८९०
– स्थानीय सरकार राजस्व बाँडफाँट: रु. ७ करोड २८ लाख २ सय ४२ कुल आम्दानी: रु. ५४ करोड २५ लाख ५२ हजार ४७५
खर्चको विवरण:
– चालु खर्च: रु. ३९ करोड ४६ लाख २६ हजार १०४
– पूँजीगत खर्च: रु. १४ करोड ७९ लाख २६ हजार ३७१
पूँजीगत खर्चका प्राथमिकता क्षेत्र:
– आर्थिक विकास
– पूर्वाधार विकास (वडा समेत)
– वातावरण तथा विपद् व्यवस्थापन
– न्यायिक तथा विधेयक समिति
– सार्वजनिक सेवा तथा क्षमता विकास
– कर्मचारी कल्याण कोष
– विपन्न सहायता कोष
– सवारी साधन खरिद र फर्निचर/फिक्चर
– अनुसन्धान तथा परामर्श
– भैपरी आउने तथा आकस्मिक कोष
– अन्य फिर्ता खर्च तथा समपुरक कोष
चालु खर्चका कार्यक्रमहरू:जनस्वास्थ्य, शिक्षा, प्रशासन, रोजगारी प्रवर्द्धन, महिला तथा बालबालिका, कृषिका लागि अनुदान, वरिष्ठ नागरिक सेवा, अपाङ्ग सहयोग, स्थानीय तहको प्रशासनिक सुधार, डिजिटल सेवा प्रणालीलगायतका क्षेत्रहरू समावेश गरिएको छ।
नगर प्रमुख अजय प्रकाशले भने, “यो बजेट जनताको जीवनस्तर उकास्न र पारदर्शी ढंगले खर्च गर्न ल्याइएको हो।” उनले नगरसभा सदस्यहरूको सुझावलाई मार्गनिर्देशक मानेर कार्यान्वयनमा सबैको सहकार्य आवश्यक रहेको बताए।
जिल्ला समन्वय समिति रौतहटका प्रमुख रामअयोध्या प्रसाद रायको प्रमुख आतिथ्यमा भएको उद्घाटन समारोहमा नगर उपप्रमुख रिता देवी यादव, नगर प्रवक्ता मनोज जयसवाल, नेपाल पत्रकार महासंघका अध्यक्ष संजय कुमार कार्की, पत्रकार संजय कुमार मिश्रा लगायतले कटहरियाको अपेक्षित विकास नभएकोमा चिन्ता व्यक्त गरे।
यद्यपि, सात वडाका वडा अध्यक्षहरूले हचुवाको भरमा नगर परिषद् गरेको भन्दै सभाको बहिष्कार गरेका छन्। यो बजेटले समावेशी र दिगो विकासको लक्ष्य पूरा गर्न सक्छ कि सक्दैन, त्यो कार्यान्वयनमा निर्भर रहनेछ।