२०८२ असार १७ गते, मंगलवार ०४:०५

ढकालले भिजिट भिसाको नाममा मानव तस्करी गरी लाखौँ युवा ठगिएको विषयमा आन्दोलन गर्दा पनि सरकारले बेवास्ता गरेको गुनासो गरे।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • सरकारप्रति नजरअन्दाजको आरोप: सांसद हरि ढकालले भिजिट भिसा प्रकरणमा सरकारले आन्दोलन र ‘भुइँमान्छे’को आवाजलाई बेवास्ता गरेको आरोप लगाए।
  • मानव तस्करी र जवाफदेहिताको प्रश्न: उनले भिजिट भिसाको नाममा लाखौं युवा ठगिएको भन्दै मानव बेचबिखन ब्युरो हटाउने र सचिवालयका कर्मचारी सरुवाबारे जवाफ मागे।
  • संसद् गतिरोध जारी: रास्वपाले गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै संसद् अवरुद्ध गरिरहेको छ, तर सत्तापक्षले समिति गठन अस्वीकार गरेकाले गतिरोध कायमै छ।

काठमाडौँ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले भिजिट भिसा प्रकरण र आफूहरूको आन्दोलनलाई सरकारले नजरअन्दाज गरेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले ‘भुइँमान्छे’ को आवाज दबाउन खोजेको र गृहमन्त्री रमेश लेखकले संसद्मा गम्भीर विषयमा कटाक्ष गरेको बताए।

ढकालले भिजिट भिसाको नाममा मानव तस्करी गरी लाखौँ युवा ठगिएको विषयमा आन्दोलन गर्दा पनि सरकारले बेवास्ता गरेको गुनासो गरे। उनले प्रश्न उठाए, “विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो? सचिवालयका कर्मचारीको सरुवाको जवाफ किन दिइएन?”

रास्वपाले गृहमन्त्रीको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग गठनको माग राख्दै जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आएको छ। तर, सत्तापक्षले समिति गठनको माग अस्वीकार गरेपछि गतिरोध कायमै छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस