२०८२ असार १६ गते, सोमबार १५:४१
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • लक्ष्यभन्दा बढी राजस्व संकलन: आन्तरिक राजस्व कार्यालय वीरगन्जले ११ महिनामा ८ अर्ब ५२ करोड राजस्व संकलन गर्दै ११३.३६% लक्ष्य हासिल गरेको छ।
  • अन्तःशुल्क र आयकरमा उल्लेखनीय प्रगति: अन्तःशुल्कतर्फ १४२.२८% र आयकरतर्फ १०९.९४% राजस्व संकलन, तर मूल्य अभिवृद्धि करतर्फ भने लक्ष्यभन्दा कम संकलन।
  •  पूर्ण वार्षिक लक्ष्यमा पहुँच नजिक: कुल लक्ष्य ८ अर्ब ७१ करोडमध्ये अधिकांश संकलन भइसकेको र बाँकी अवधिमा लक्ष्य भेट्न थप प्रयास गरिने जनाइएको।

    वीरगन्ज-

    आन्तरिक राजस्व कार्यालय वीरगन्जले चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनामा तोकिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ। आन्तरिक राजस्व विभागले जेठ मसान्तसम्म रु.७ अर्ब ५१ करोड ६४ लाख ६५ हजार राजस्व संकलन गर्ने लक्ष्य दिएकोमा कार्यालयले रु। ८ अर्ब ५२ करोड ९ लाख ८९ हजार राजस्व संकलन गरेको छ। यो लक्ष्यको ११३.३६ प्रतिशत हो।

    कार्यालयका प्रमुख कर अधिकृत टीकाराज चौलागाईंका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा अन्तःशुल्क करतर्फ रु। २ अर्ब ८४ करोड ६५ लाख ५३ हजारको लक्ष्य राखिएकोमा १४२.२८ प्रतिशत अर्थात् रु. ४ अर्ब ५ करोड ३८ हजार राजस्व संकलन भएको छ। त्यस्तै, आयकरतर्फ रु। २ अर्ब ३२ करोड ४८ लाख ४८ हजारको लक्ष्य राखिएकोमा रु। २ अर्ब ५५ करोड ५९ लाख ९४ हजार संकलन भएको छ, जुन लक्ष्यको १०९।९४ प्रतिशत हो।

    यसैगरी, घरबहाल करतर्फ रु। २५ करोड १० लाख ८ हजार राजस्व संकलन भएको छ। तर, मूल्य अभिवृद्धि कर ९ख्ब्त्० तर्फ भने रु। २ अर्ब २२ करोड ८३ लाख ६८ हजारको लक्ष्य राखिएकोमा रु. १ अर्ब ८३ करोड ७५ लाख ५० हजार मात्र संकलन भएको छ।

    विभागले कार्यालयलाई चालु आर्थिक वर्षभरिमा रु। ८ अर्ब ७१ करोड राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। प्रमुख कर अधिकृत चौलागाईंले लक्ष्य भेटाउन बाँकी अवधिमा थप प्रयास गरिने बताए।

    यो उपलब्धिले वीरगन्जको आन्तरिक राजस्व कार्यालयको कार्यक्षमता र राजस्व संकलनमा देखिएको सक्रियता झल्काउँछ।

    प्रतिक्रिया

    सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न कृतिबहादुर बस्नेतको अध्यक्षमा कर्जा असुली न्यायाधिकरण गठन

    सम्पती व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका विभिन्न

    सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न कृतिबहादुर बस्नेतको अध्यक्षमा कर्जा असुली न्यायाधिकरण गठन

    सम्पती व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका विभिन्न

    सम्बन्धित खबर

    neelambads

    पोडकास्ट सुन्नुहोस