राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निरन्तर विरोधका कारण सभामुख देवराज घिमिरेले विशेष कारण देखाउँदै उक्त कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गरेका हुन्।
| ♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं –
प्रतिनिधि सभा बैठकको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निरन्तर विरोधका कारण सभामुख देवराज घिमिरेले विशेष कारण देखाउँदै उक्त कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गरेका हुन्।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको थियो। तर, रास्वपाको अवरोध कायमै रहेपछि संसद्को कारबाही प्रभावित भएको छ। सभामुखको यो निर्णयले संसदीय कार्यसूचीमा थप जटिलता उत्पन्न भएको छ।
Post Views: 76















