२०८२ असार १७ गते, मंगलवार ०४:०७

सभामुख देवराज घिमिरेले बैठक सुरु गर्नासाथ भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  सदन बहिष्कार: रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा विरोध जनाउँदै प्रतिनिधिसभा बैठक बहिष्कार गरे।
  • कार्यसूची प्रभावित: विरोधका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइयो र संसदको नियमित कार्यसूची अवरुद्ध भयो।
  • गृहमन्त्रीको राजीनामाको माग: दुबै दलले गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै निरन्तर अवरोध जारी राखेका छन्।

काठमाडौं-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्। सभामुख देवराज घिमिरेले बैठक सुरु गर्नासाथ भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका थिए।

सभामुखले सांसदहरूलाई बस्न आग्रह गरे पनि उनीहरूले अटेर गरे। त्यसपछि सभामुखले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाएको घोषणा गर्दै मन्त्रालयगत बजेटमाथिको छलफल अघि बढाए। लगत्तै दुवै दलका सांसदहरूले सदन बहिष्कार गर्दै बैठक स्थलबाट बाहिरिए।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम तय भएको थियो। तर, रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनको माग राख्दै सदन अवरोध गरेका हुन्। यो अवरोधले संसद्को नियमित कार्यसूची प्रभावित भएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस