♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
सर्लाही –
सर्लाहीको बरहथवा नगरपालिका–४ खैराटोलमा शनिबार बिहान बाटो विस्तारको विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच तनावपूर्ण झडप भएको छ। स्थिति नियन्त्रण गर्न प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ।
झडपका क्रममा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दिवाकर गणेशसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये तीन जना सर्वसाधारण रहेको प्रहरीले जनाएको छ। घाइते सबैको उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको छ।

प्रहरीका अनुसार बाटो विस्तारको क्रममा स्थानीयवासीले अवरोध गरेपछि विवाद उत्पन्न भएको थियो। स्थिति नियन्त्रणका लागि प्रहरीले हवाई फायर गर्नुपरेको हो। हाल उक्त क्षेत्रको अवस्था सामान्य रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।