♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
चितवन –
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकास्थित खहरे पुलमा शनिबार बिहान भएको बस र माइक्रोबस ठोक्किँदा सात जनाको ज्यान गएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्।
चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको माइक्रोबस एकआपसमा ठोक्किएका हुन्। मृत्यु हुनेमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोम प्रसाद रुपाखेती, हेटौंडा–५ की ५३ वर्षीया मैया कुमारी न्यौपाने पहाडी, नामथर खुल्न नसकेकी अन्दाजी १८/१९ र २४/२५ वर्षीया दुई महिला, २२/२३ वर्षीय पुरुष, ३०/३५ वर्षीया गर्भवती महिला र ३५/४० वर्षीय पुरुष रहेका छन्।

घाइतेहरूलाई चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।