२०८२ असार १६ गते, सोमबार १९:५१
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  गम्भीर दुर्घटना: चितवनको डडुवामा बस र इभी माइक्रोबस ठोक्किँदा ७ जनाको मृत्यु र २४ जना घाइते भएका छन्।
  • दुर्घटनाको कारण र अवस्था: तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान, घटनास्थलमा पाँच र उपचारका क्रममा दुईको मृत्यु।
  • घाइतेहरूको अवस्था: घाइतेहरू भरतपुर क्षेत्रका विभिन्न अस्पतालमा उपचाररत छन्; मृतकको शव भरतपुर अस्पतालमा राखिएको छ।

    चितवन-

    पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–४ डडुवा नजिक खहरे पुलमा शनिबार दिउँसो भएको बस र इभी माइक्रोबस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्।

    चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३५८३ नम्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी माइक्रोबस ठोक्किएर दुर्घटना भएको हो। पाँच जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

    मृतकहरूको पहिचान:

    • मकवानपुर, हटिया–३ बस्ने ५५ वर्षीय सोम प्रसाद रुपाखेती
    • मकवानपुर, हेटौंडा–५ बस्ने ५३ वर्षीया मैया कुमारी न्यौपाने पहाडी
    • नामथर वतन नखुलेको अन्दाजी १८/१९ वर्षीया महिला
    • नामथर वतन नखुलेको अन्दाजी २४/२५ वर्षीया महिला
    • नामथर वतन नखुलेको अन्दाजी २२/२३ वर्षीय पुरुष
    • नामथर वतन नखुलेको अन्दाजी ३०/३५ वर्षीया गर्भवती महिला
    • नामथर वतन नखुलेको अन्दाजी ३५/४० वर्षीय पुरुष
    • मृतकहरूको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ।

    घाइतेहरूको विवरण:

    • मकवानपुर, हेटौंडा उ.म.न.पा.–१३ बस्ने १६ वर्षीय सक्षम थापा
    • मकवानपुर, हेटौंडा उ.म.न.पा.–१२ बस्ने ३२ वर्षीय सिंहबिर घलान
    • मकवानपुर, हेटौंडा उ.म.न.पा.–४ बस्ने ३१ वर्षीय विष्णु लम्साल
    • मकवानपुर, हेटौंडा उ.म.न.पा.–८ बस्ने ३४ वर्षीया गंगा घलान
    • झापा, गौरादह न.पा.–९ बस्ने अन्दाजी ६५ वर्षीया सुशिला बराल
    • झापा, गौरादह न.पा.–९ बस्ने अन्दाजी ६७ वर्षीया उमा बराल
    • कञ्चनपुर, बेलौरी न.पा.–४ बस्ने ४८ वर्षीय वीरबहादुर जैसी
    • रुकुम पश्चिम, आठबिसकोट न.पा.–९ बस्ने अन्दाजी ३० वर्षीय सन्देश ओली
    • अछाम, साफेबगर न.पा.–१० बस्ने ३२ वर्षीय अर्जुनबहादुर राउत
    • कैलाली, लम्कीचुहा न.पा.–८ बस्ने ४५ वर्षीय जम बुढा
    • कञ्चनपुर, पूर्णवास न.पा.–६ बस्ने ७० वर्षीया चन्द्रकुमारी थापा
    • झापा, गौरादह न.पा.–६ बस्ने ७० वर्षीया टिका न्यौपाने
    • कञ्चनपुर, पूर्णवास न.पा.–६ बस्ने ६९ वर्षीय जम बा थापा
    • कैलाली, गौरीगंगा न.पा.–११ बस्ने ३२ वर्षीया सुरेश बोगटी
    • कैलाली, लम्कीचुहा न.पा.–१ बस्ने ३७ वर्षीय लोकेन्द्र बुढा
    • कैलाली, लम्कीचुहा न.पा.–१ बस्ने ४८ वर्षीय बल सिंह बुढा
    • रौतहट, चन्द्रपुर न.पा.–७ बस्ने ४५ वर्षीय वुलटन साह
    • मकवानपुर, बकैया गा.पा.–४ बस्ने २६ वर्षीया अनिसा घिमिरे
    • कालिकोट, पलाता गा.पा.–४ बस्ने ५३ वर्षीय रत्न बुढा
    • झापा, दमक न.पा.–८ बस्ने ८३ वर्षीया लक्ष्मी पौडेल
    • झापा, मेची न.पा.–१५ बस्ने २३ वर्षीय प्रवेश सौरेन
    • सप्तरी, राजविराज न.पा.–५ बस्ने ५६ वर्षीय श्रीचन्द्र राय
    • कैलाली, गोदावरी न.पा.–४ बस्ने ३४ वर्षीय महेश चौधरी
    • मोरङ, बेलबारी न.पा.–७ बस्ने २७ वर्षीय सुमन चौधरी

    घाइतेहरूको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको र सडक आवागमन सुचारु भएको प्रहरी प्रमुख पुरीले बताए।

    चितवनको खहरे पुलमा बस र माइक्रोबस ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते

    प्रतिक्रिया

    neelambads

    पोडकास्ट सुन्नुहोस