२०८२ असार १७ गते, मंगलवार ०१:२०
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  बालुवाटारमा सत्तापक्षको बैठक, प्रधानमन्त्री ओलीसहित शेरबहादुर देउवा, महन्थ ठाकुर, सिके राउतलगायत सहभागी, समसामयिक राजनीति र बजेटमा छलफलप्रतिनिधि सभा बैठकमा
  • आज ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ पारित गर्ने कार्यसूची।
  • सांसदहरूको खर्च कटौती प्रस्ताव निर्णयार्थ प्रस्तुत, विभिन्न मन्त्रालयका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने।

काठमाडौं-

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्षको बैठक केही बेरअघि सुरु भएको छ। बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन र बजेटलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी सहभागी छन्। साथै, नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललगायत दोस्रो तहका नेताहरू पनि उपस्थित छन्।

यसैबीच, आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेट पारित गर्ने कार्यसूची रहेको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२’ पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। साथै, उनले ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि छलफलका लागि प्रस्ताव पेस गर्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ।

बैठकमा श्रम, रोजगार तथा समाजिक सुरक्षा, गृह, सञ्चार, अर्थ, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन्।

सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर केसी, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा (तामाङ), नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालले प्रस्तुत गरेका खर्च कटौतीका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

सत्तापक्षको छलफल र संसद् बैठकले बजेट पारित गर्ने प्रक्रियालाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस