२०८२ असार १७ गते, मंगलवार ०१:०९

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा (एमाले) सँग बेलाबखत असमझदारी हुने गरेको बताएका छन्।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • कांग्रेस–एमालेबीच असमझदारी स्वाभाविक – सभापति शेरबहादुर देउवाले कांग्रेस र एमाले फरक दल भएकाले बेलाबेलामा असमझदारी हुनु सामान्य भएको बताए।
  • सरकार सहमतिमा अघि बढिरहेको – उनले सरकार आपसी सहमतिमा सञ्चालन भइरहेको र असमझदारीले सत्ता सहकार्यलाई असर नगरेको स्पष्ट पारे।
  • ‘टेक एन्ड पे’ हटाइएको – देउवाले कांग्रेसको आग्रहमा सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था हटाएको जानकारी दिए।

काठमाडौँ-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा (एमाले) सँग बेलाबखत असमझदारी हुने गरेको बताएका छन्। चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले कांग्रेस र एमाले फरक–फरक दल भएकाले विभिन्न मुद्दामा असमझदारी देखिनु स्वाभाविक भएको बताए।

देउवाले भने, “एमाले फरक दल भएकाले कहिलेकाहीँ असमझदारी देखिन्छ, यो स्वाभाविक हो। तर, सरकार आपसी सहमतिमा नै अघि बढिरहेको छ।” उनले सरकारले गर्ने केही निर्णयमा फरक बुझाइ देखिने गरेको उल्लेख गर्दै सत्ता सहकार्यको समयमा यस्ता फरक धारणा अनौठो नभएको बताए।

सभापति देउवाले कांग्रेसको आग्रहमा सरकारले बजेटबाट ‘टेक एन्ड पे’ व्यवस्था सहज रूपमा हटाएको जानकारी पनि दिए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस