नुवाकोटको पूर्वी भेगमा रहेको ओखरपौवाको गंगरवगरमा अविरल वर्षासँगै आएको बाढीले घर बगाउँदा एक महिला बेपत्ता भएकी छन् भने उनका श्रीमान् घाइते भएका छन्।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
नुवाकोट-
नुवाकोटको पूर्वी भेगमा रहेको ओखरपौवाको गंगरवगरमा अविरल वर्षासँगै आएको बाढीले घर बगाउँदा एक महिला बेपत्ता भएकी छन् भने उनका श्रीमान् घाइते भएका छन्।

ककनी गाउँपालिका–१ ओखरपौवास्थित वंगरमा बिमचा खोल्सामा आएको बाढीले घर बगाउँदा ३३ वर्षीया कमला बलामी बेपत्ता भएको र उनका ३५ वर्षीय श्रीमान् आकाश बलामी घाइते भएको वडाध्यक्ष पदमबहादुर वलामीले जानकारी दिए। घाइते आकाशको काठमाडौंमा उपचार भइरहेको छ। बेपत्ता कमलाको खोजी कार्य प्रहरीले जारी राखेको छ।
वडाध्यक्ष वलामीका अनुसार बाढीले स्थानीय लालबहादुर, श्यामलाल, धनराज वलामीसहित सात जनाको घरगोठ र पशुचौपाया बगाएको छ।