♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौँ –
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा शुक्रबार सार्वजनिक भएको छ । यस वर्ष ६१.८१ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्, जुन गत वर्ष २०८० को तुलनामा उल्लेखनीय सुधार हो । गत वर्ष ४७.८६ प्रतिशत विद्यार्थीले मात्र ग्रेड प्राप्त गरेका थिए भने ५२.१४ प्रतिशत ननग्रेडेड (एनजी) भएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नतिजामा ग्रेड प्राप्त गर्ने विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्, “एसईई परीक्षामा ग्रेड प्राप्त गर्नु भएका भाइबहिनीहरूलाई हार्दिक बधाई ! यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नु भएको छ । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मेहनत काम लागेको छ ।”

यसैगरी, ग्रेड नपाउने विद्यार्थीहरूलाई निराश नहुन आग्रह गर्दै उनले थपे, “ग्रेड नपाउने विद्यार्थीहरूले पनि यसलाई नै अन्तिम परीक्षा नठान्नु होला, सफलताको अर्को दिन पनि आउने छ ।”
प्रधानमन्त्री ओलीले सबै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् ।