२०८२ असार १६ गते, सोमबार १५:२४
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • नेपालको विशाल स्कोर: एसीसी यु–१६ एलिट कपमा नेपालले इन्डोनेसियाविरुद्ध ५० ओभरमा ५ विकेट गुमाएर ४२० रन बनायो। प्रसिद्ध जैशीको १३२ रनको शतकीय पारीसहित रौनक, परिमार्जन र जोयले अर्धशतक प्रहार गरे।
  • इन्डोनेसियाको कमजोर बलिङ: इन्डोनेसियाका बलरहरूले नेपालको आक्रामक ब्याटिङ रोक्न सकेनन्। केतुत दर्मा पुत्रपीले २ विकेट लिए पनि अन्य बलरले समान १–१ विकेट मात्र लिन सके।

काठमाडौं –

मलेसियामा जारी एसीसी मेन्स यु–१६ एलिट कप २०२५ को तेस्रो खेलमा नेपालले इन्डोनेसियाविरुद्ध शानदार प्रदर्शन गर्दै ५० ओभरमा ५ विकेट गुमाएर ४२० रनको विशाल योगफल बनाएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आक्रामक ब्याटिङको प्रदर्शन गरेको हो।

नेपालका लागि ओपनर प्रसिद्ध जैशीले ११४ बलमा १३२ रनको शतकीय पारी खेल्दै टिमको आधार खडा गरे। यस्तै, रौनक श्रीवास्तवले ८८ बलमा ८७ रन, परिमार्जन यादवले २८ बलमा ७१ रन र जोय थापाले ४१ बलमा ५७ रनको अर्धशतकीय योगदान दिए। इन्डोनेसियाका बलरहरूले नेपालको ब्याटिङ रोक्न संघर्ष गरे, जहाँ आई केतुत दर्मा पुत्रपीले २ विकेट लिए भने रायहान रिजा अथैला के, महेन्द्र अजी युदा प्रतामा र कविन नीरज चड्डाले समान १–१ विकेट लिए।

यो जितले नेपालले समूह ‘ए’ मा आफ्नो बलियो स्थिति कायम राखेको छ। नेपालले अब भुटानविरुद्ध जुलाई १ मा आफ्नो अर्को खेल खेल्नेछ।

प्रतिक्रिया

सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न कृतिबहादुर बस्नेतको अध्यक्षमा कर्जा असुली न्यायाधिकरण गठन

सम्पती व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका विभिन्न

सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न कृतिबहादुर बस्नेतको अध्यक्षमा कर्जा असुली न्यायाधिकरण गठन

सम्पती व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका विभिन्न

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस