२०८२ असार १६ गते, सोमबार १५:०४
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा विधेयक विभेदकारी भन्दै संसदको रोष्ट्रमबाटै च्याते, विधेयक पारित भए देशमा आगो बल्ने चेतावनी दिए।
  • साहले विधेयकले गरिबलाई सरकारी जागिरबाट बञ्चित गर्ने दाबी गर्दै सदन बैठक बहिष्कार गरे, विधेयक पारित भए गरिबका लागि कालो दिन हुने बताए।

काठमाडौं-
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले संघीय निजामती सेवा विधेयकको विरोधमा प्रतिनिधिसभा बैठकमा रोष्ट्रमबाटै विधेयक च्यातेका छन्। आइतबार भएको बैठकमा विधेयकमाथिको छलफलका क्रममा साहले उक्त विधेयक विभेदकारी भएको आरोप लगाउँदै यसको पारित भए देशमा आगो बल्ने चेतावनी दिए।

उनले विधेयकले गरिबको भविष्यमाथि खेलवाड गरेको र सरकारी जागिरमा गरिबलाई बञ्चित गर्ने नियत राखेको दाबी गरे। “यो विधेयक पारित भए गरिबका लागि कालो दिन हुनेछ,” साहले भने। उनले विधेयकको विरोधमा सदन बैठक बहिष्कार गर्ने घोषणा समेत गरे।

साहको उक्त कदमले संसदमा तीव्र विवाद सिर्जना भएको छ। विधेयकमाथिको छलफल र पारित प्रक्रिया अगाडि बढ्ने क्रममा थप तनाव उत्पन्न हुने देखिएको छ।

प्रतिक्रिया

सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न कृतिबहादुर बस्नेतको अध्यक्षमा कर्जा असुली न्यायाधिकरण गठन

सम्पती व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका विभिन्न

सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न कृतिबहादुर बस्नेतको अध्यक्षमा कर्जा असुली न्यायाधिकरण गठन

सम्पती व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका विभिन्न

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस