२०८२ पुष २४ गते, बिहीबार ०३:४४

असार १५ सम्म देशभर २०.३ प्रतिशत धान रोपाइँ सम्पन्न, मधेशमा सबैभन्दा कम

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • देशभर २०.३% धान रोपाइँ: असार १५ सम्म १३ लाख ९१ हजार ३२१ हेक्टरमध्ये २ लाख ८१ हजार ८०४ हेक्टरमा धान रोपाइँ सम्पन्न, गत वर्षको तुलनामा १% कम।
  • सुदूरपश्चिममा अग्रता: सुदूरपश्चिममा ४९.२% रोपाइँ भएको छ, तर गत वर्षको ५४.२% को तुलनामा कम। मधेशमा सबैभन्दा कम ३.९% रोपाइँ।
  • प्रदेशगत भिन्नता: कर्णालीमा ३९.१%, गण्डकीमा २८.२%, लुम्बिनीमा २४.३%, बागमतीमा २०.५% र कोशीमा १४.३% रोपाइँ भएको छ।

काठमाडौं –

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यस वर्ष असार १५ सम्म देशभर २०.३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। कुल १३ लाख ९१ हजार ३२१ हेक्टर धान खेती हुने जमिनमध्ये २ लाख ८१ हजार ८०४ हेक्टरमा रोपाइँ सकिएको छ। गत वर्षको तुलनामा यो वर्ष १ प्रतिशत कम रोपाइँ भएको छ, गत वर्ष असार १६ सम्म २१.३ प्रतिशत रोपाइँ भएको थियो।

प्रदेशगत तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ४९.२ प्रतिशत (१ लाख ७६ हजार १५१ हेक्टरमध्ये ८६ हजार ६०१ हेक्टर) रोपाइँ भएको छ, तर गत वर्षको ५४.२ प्रतिशतको तुलनामा यो कम हो। कर्णाली प्रदेशमा ३९.१ प्रतिशत (४० हजार ८८४ हेक्टरमध्ये १६ हजार हेक्टर), लुम्बिनीमा २४.३ प्रतिशत (३ लाख २ हजार ८८९ हेक्टर), गण्डकीमा २८.२ प्रतिशत (९४ हजार १८२ हेक्टर), बागमतीमा २०.५ प्रतिशत (१ लाख २० हजार ५४५ हेक्टर), कोशीमा १४.३ प्रतिशत (२ लाख ७६ हजार ३८७ हेक्टर) र मधेशमा सबैभन्दा कम ३.९ प्रतिशत (३ लाख ८० हजार २८३ हेक्टर) रोपाइँ भएको छ।

मधेशमा गत वर्षको तुलनामा रोपाइँ निकै कम (८.२% बाट ३.९%) भएको छ, जबकि गण्डकी र लुम्बिनीमा गत वर्षको तुलनामा सुधार देखिएको छ। मन्त्रालयले समयमै मनसुन सुरु भए पनि क्षेत्रगत भिन्नता र सिँचाइको अभावले रोपाइँ प्रभावित भएको जनाएको छ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस