२०८२ असार १६ गते, सोमबार १४:५४
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • थुनुवा फरार: काठमाडौं जिल्ला अदालतबाट चोरी मुद्दाका २१ वर्षीय निराजनजंग ठकुरी उर्फ दशरथ शाही आइतबार हत्कडीसहित फरार भए।
  • प्रहरीको खोजी: ट्वाइलेट जाने बहानामा भागेका शाहीको खोजी तीव्र पारिएको छ, फरारसम्बन्धी थप कारबाही हुने प्रहरीको भनाइ।

काठमाडौं –

काठमाडौं जिल्ला अदालतबाट चोरी मुद्दाका एक थुनुवा हत्कडीसहित फरार भएका छन्। पश्चिम रूकुम, बाँफिकोट गाउँपालिका–१ घर भई काठमाडौंको गोंगबु बस्ने २१ वर्षीय निराजनजंग ठकुरी उर्फ दशरथ शाही आइतबार अदालतबाट भागेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार, शाही चोरी मुद्दामा प्रहरी वृत्त सोह्रखुट्टेले पक्राउ गरी थुनामा राखेका थिए। थुनछेक बहसका लागि आइतबार जिल्ला अदालतको इजलास नम्बर ४ मा पेशीका क्रममा उनले ‘पिसाब लाग्यो’ भन्दै ट्वाइलेट जाने बहानामा हत्कडीसहित फरार भएका हुन्।

प्रहरीले शाहीको खोजी कार्य तीव्र बनाएको छ भने उनमाथि फरारसम्बन्धी थप कारबाही अघि बढाइने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस