२०८२ असार १६ गते, सोमबार १५:४८
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • थुनुवा फरार, पुनः पक्राउ: काठमाडौं जिल्ला अदालतको शौचालयबाट हत्कडीसहित फरार भएका चोरी मुद्दाका आरोपित दशरथ शाहीलाई प्रहरीले गंगबुबाट पक्राउ गरेको छ।
  • चोरी र फरारमा कारबाही: २०८२ जेठ २० मा चोरीको आरोपमा पक्राउ परेका शाहीमाथि थुनछेक बहसका क्रममा भागेपछि चोरी र फरारसम्बन्धी थप कारबाही हुने।

काठमाडौं –

काठमाडौं जिल्ला अदालतको शौचालयबाट हत्कडीसहित फरार भएका चोरी मुद्दाका आरोपित दशरथ शाही उर्फ निराजन ठकुरीलाई प्रहरीले गंगबुबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार, २१ वर्षीय शाहीलाई आइतबार बालाजु बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो।

रुकुम पश्चिम, बाँफिकोट गाउँपालिका–१ का बासिन्दा हाल गंगबु बस्ने शाहीलाई २०८२ जेठ २० मा चोरीको आरोपमा पक्राउ गरिएको थियो। उनलाई प्रहरी वृत्त लैनचौरको हिरासतमा राखी अनुसन्धान भइरहेको छ। आइतबार म्याद थपका लागि थुनछेक बहसमा अदालत लगिएको थियो। प्रहरी हवल्दार चक्रबहादुर रोकायाको नेतृत्वमा दुई प्रहरीको जिम्मामा रहेका शाहीले इजलास नम्बर ४ मा बहस चलिरहँदा प्रहरी जवान छविराज रेग्मीसँग शौचालय जाने बहानामा हत्कडीसहित भागेका थिए।

प्रहरीले तत्काल खोजी अभियान चलाएर शाहीलाई गंगबुबाट पक्राउ गरेको हो। उनमाथि चोरी र फरारसम्बन्धी थप कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न कृतिबहादुर बस्नेतको अध्यक्षमा कर्जा असुली न्यायाधिकरण गठन

सम्पती व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका विभिन्न

सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको शुरु कारबाही र किनारा गर्न कृतिबहादुर बस्नेतको अध्यक्षमा कर्जा असुली न्यायाधिकरण गठन

सम्पती व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने लगायतका विभिन्न

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस