२०८२ असार १६ गते, सोमबार १९:२९

वीरगन्ज-
वीरगन्ज महानगरपालिका–३१ कोनिया टोल बस्ने विजय पटेलको घर अगाडि पार्किङ गरिएको मधेश प्रदेश–०३–०३५ प ७७४५ नम्बरको कालो रंगको सुपर स्प्लेन्डर मोटरसाइकल चोरी भएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–३२ बस्ने १९ वर्षीय विध्यानन्द महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, असार ९ गते राति ८ बजे रामज्ञा साहको नाममा दर्ता रहेको उक्त मोटरसाइकल घर अगाडि पार्किङ गरेको अवस्थामा लक तोडेर चोरी भएको सूचना प्राप्त भएको थियो। सूचनाको आधारमा प्रहरी चौकी मिलनचोक पर्साबाट खटिएको टोलीले १५ गते राति ८:३० बजे वीरगन्ज–३१ बाट चोरी भएको मोटरसाइकलसहित महतोलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका महतोविरुद्ध चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस