२०८२ असार ३२ गते, बुधबार २३:३८
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • नेपालको विशाल स्कोर: एसिसी मेन्स यु-१६ मा नेपालले भुटानविरुद्ध ५० ओभरमा ५ विकेट गुमाएर ३५८ रन बनायो, रौनक श्रीवास्तवको १६८ रनको शतकीय पारी मुख्य आधार।
  • अन्य ब्याट्सम्यानको योगदान: जोय थापाले ६१ रन र शिवंश बजगाईंले ५४ रनको अर्धशतकीय पारी खेले, सुगम बुढाथोकीले ३५ रन जोडेर नेपालको स्कोर बलियो बनाए।
  • अपराजित नेपाल: समूहको शीर्ष स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन नेपाल सेमिफाइनलमा प्रवेश, सिंगापुर, जापान र इण्डोनेसियालाई हराउँदै अपराजित, फाइनल असार २१ मा।

काठमाडौं –

मलेसियामा जारी एसिसी मेन्स यु-१६ प्रतियोगिताको चौथो खेलमा नेपालले भुटानलाई ३५९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। सिलेगंर ट्रफ क्लबमा टस जितेर ब्याटिङ रोजेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनायो।

नेपालका लागि रौनक श्रीवास्तवले १३२ बलमा १६८ रनको सानदार शतकीय पारी खेले, जुन टिमको विशाल स्कोरको मुख्य आधार बन्यो। जोय थापाले ६७ बलमा ६१ रन र विकेटकिपर ब्याट्सम्यान शिवंश बजगाईंले ५२ बलमा ५४ रनको अर्धशतकीय योगदान दिए। सुगम बुढाथोकीले ३३ बलमा ३५ रन जोडे।

भुटानका बलर साङ्गे दोर्जीले १० ओभरमा ७० रन खर्चेर ३ विकेट लिए।

नेपाल समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। यसअघि सिंगापुर, जापान र इण्डोनेसियालाई पराजित गरेको नेपाल अपराजित छ। डिफेन्डिङ च्याम्पियन नेपालले असार २१ मा हुने फाइनलमा बलियो दाबेदारी प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस