२०८२ पुष २७ गते, आईतवार ०२:४८

पतञ्जलि जग्गा प्रकरणः माधव नेपालविरुद्ध अभिव्यक्ति दिएकी झाँक्रीलाई नेकपा (एस) को स्पष्टीकरण

काठमाडौँ-

नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई पार्टी अध्यक्ष माधव नेपालविरुद्ध विस्फोटक अभिव्यक्ति दिएकोमा पार्टीले स्पष्टीकरण सोधेको छ। पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा खेपिरहेका अध्यक्ष नेपाललाई लक्षित गर्दै झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तनको माग गरेकी थिइन्।

यो अभिव्यक्तिपछि नेकपा (एस) भित्र झाँक्रीप्रति चर्को आक्रोश उत्पन्न भएको छ। पार्टीले अध्यक्षविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर उनलाई स्पष्टीकरण सोधिएको जनाएको छ। झाँक्रीको जवाफ प्राप्त भएपछि पार्टीले आवश्यक निर्णय लिने बताइएको छ।

पोडकास्ट सुन्नुहोस