रौतहट –
रौतहटको गौर भन्सार कार्यालय नजिकै सशस्त्र प्रहरीले राष्ट्रिय अनुसन्धान विभागका पूर्वकर्मचारी जितेन्द्र राउतलाई स्रोत नखुलेको २ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बलको नम्बर ११ गणका अनुसार, भारतबाट नेपालतर्फ बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका राउतलाई गौर भन्सार रोडमा नियमित चेकजाँचका क्रममा पक्राउ गरिएको हो। उनले टाउकोमा लगाएको हेलमेटभित्र उक्त रकम लुकाएर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले फेला पारेको थियो।

बरामद भएको नगद र मोटरसाइकलसहित राउतलाई थप अनुसन्धान र कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। स्रोत नखुलेको रकमको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।