२०८३ मंसिर ११ गते, शुक्रबार ३:२४

रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु

रौतहट-

रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शितलपुरमा बिहीबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

बिहान करिब ७ः१५ बजे स्थानीय ३० वर्षीय रोहित साह सोनार आफ्नै खेतमा सिँचाइका लागि मोटरबाट पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट सई गजेन्द्र कुमारको नेतृत्वमा तीन जनाको प्रहरी टोली खटिएको थियो।

घाइते रोहितलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल, कलैया, बारामा पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा बिहान ८ः०० बजे उनको मृत्यु भएको रौतहट जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए।

मृतकको शव हाल प्रादेशिक अस्पताल, कलैयामै राखिएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट करिब ५ किलोमिटर दक्षिणमा पर्दछ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

प्रहरी प्रशासनको मौनताले मितेरी पुल क्षेत्रमा अव्यवस्थित पार्किङ र कथित अवैध असुलीलाई प्रश्रय

वीरगन्ज- वीरगन्जको सीमाक्षेत्रमा रकम असुलीको विवादले तीनपाङ्ग्रे सवारीसाधनको व्यवस्थापनमा चुनौती

पोडकास्ट सुन्नुहोस