२०८२ असार १९ गते, बिहीबार २०:१८
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • जगदम्बा स्टिल्समा विस्फोट: वीरगंजको जगदम्बा स्टिल्सको सिसिएम प्लान्टमा बुधबार राति ३० टनको भट्टीमा आगलागी र विस्फोट, भारतका ३५ वर्षीय अजय बैठा घाइते।
  • भौतिक क्षति, मानवीय क्षति शून्य: घाइते बैठाको वीरगंजस्थित एल.एस. न्युरो अस्पतालमा उपचार भइरहेको, ठूलो भौतिक क्षति तर मानवीय क्षति नभएको प्रतिष्ठानको भनाइ।
  • अफवाहप्रति खेद: प्रतिष्ठानले सामाजिक सञ्जाल र सञ्चार माध्यममा फैलिएका अपुष्ट समाचारप्रति ध्यानाकर्षण जनाउँदै आधिकारिक जानकारी मात्र प्रकाशन गर्न र अनुसन्धान भइरहेको अपिल।

वीरगन्ज  –

जगदम्बा स्टिल्स लिमिटेडले बुधबार राति आफ्नो हाताभित्र भएको भट्टी विस्फोटको घटनाबारे विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलाइएका अफवाह र अपुष्ट समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले यस्ता भ्रामक समाचारप्रति खेद प्रकट गरेको हो।

विज्ञप्तिअनुसार, प्रतिष्ठानको हाताभित्र रहेको सिसिएम (CCM) प्लान्टमा कच्चा पदार्थ पगाल्ने क्रममा ३० टन क्षमताको भट्टीमा अचानक आगलागी भई विस्फोट भएको थियो। उक्त घटनामा भारत, बिहार राज्य, समस्तिपुर घर भएका ३५ वर्षीय अजय बैठा घाइते भएका छन्। घाइते बैठाको हाल वीरगंजस्थित एल.एस. न्युरो अस्पतालमा उपचार भइरहेको छ। प्रतिष्ठानले मानवीय क्षति नभएको तर ठूलो मात्रामा भौतिक क्षति भएको जानकारी दिएको छ।

जगदम्बा स्टिल्सले घटनाको अनुसन्धान भइरहेको जनाउँदै संवेदनशील विषयमा आधिकारिक स्रोतबाट प्रमाणीकरण नभएका र अपुष्ट समाचार प्रकाशन तथा प्रसारण नगर्न सम्पूर्ण सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई अपिल गरेको छ। साथै, उक्त घटनाले समाजमा पारेको असहज अवस्थाप्रति प्रतिष्ठानले दुख व्यक्त गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस