२०८२ असार २१ गते, शनिबार १२:५९
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • सङ्क्रमण ३१ जिल्लामा: २०८१ पुस १७ देखि २०८२ असार १९ सम्म ३१ जिल्लामा २४९ जनामा कोभिड–१९ पुष्टि, एक हप्तामा ३५ नयाँ सङ्क्रमित।
  • सीमा नाकामा निगरानी: १७ सीमा नाकामा हेल्थ डेस्कमार्फत आरडिटी परीक्षण, सङ्क्रमण नियन्त्रणका लागि कडा निगरानी।
  • स्वास्थ्य सावधानी अपिल: मास्क, साबुन–पानी, स्यानिटाइजर प्रयोग र सेल्फ क्वारेन्टाइनमा बस्न मन्त्रालयको आग्रह।

काठमाडौँ-

नेपालमा कोभिड–१९ को संक्रमण पुनः बढ्दै गएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। हालसम्म २४९ जनामा कोरोना सङ्क्रमण देखिएको छ, जसमध्ये पछिल्लो एक हप्तामा ३५ नयाँ सङ्क्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप तीन जनामा सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार, सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरका १७ सीमा नाकामा रहेका हेल्थ डेस्कहरूमा कोभिड–१९ को निगरानीलाई थप प्रभावकारी बनाइएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने, “सबै सीमा नाकाका हेल्थ डेस्कमा आरडिटी विधिबाट कोभिड–१९ को परीक्षण भइरहेको छ।”

कोभिड–१९ लगायत श्वास–प्रश्वासबाट सर्ने सङ्क्रामक रोगहरूबाट बच्न मास्कको प्रयोग, साबुन–पानीले हात धुने, स्यानिटाइजरको प्रयोग, र व्यक्तिगत सरसफाइमा ध्यान दिन मन्त्रालयले अनुरोध गरेको छ। डा. बुढाथोकीले कोभिड–१९ प्रभावित क्षेत्रबाट आएका वा सङ्क्रमणसँग मिल्दोजुल्दा लक्षण देखिएका व्यक्तिहरूलाई ‘सेल्फ क्वारेन्टाइन वा आइसोलेसन’मा बस्न आग्रह गरेका छन्।

मधेश प्रदेशको वीरगन्ज र रक्सौल जस्ता सीमावर्ती क्षेत्रमा पनि हेल्थ डेस्कहरू मार्फत कडा निगरानी र परीक्षण भइरहेको छ। सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासन र स्वास्थ्य निकायहरूले समन्वयात्मक रूपमा काम गरिरहेका छन्। मन्त्रालयले सङ्क्रमणको अवस्था नजिकबाट अनुगमन गरिरहेको र आवश्यक स्वास्थ्य सावधानी अपनाउन सबैलाई अपिल गरेको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस