२०८३ बैशाख २ गते, बुधबार ०९:०८

मदिराले मात्तिएका छोराद्वारा बुवाको हत्या, शव गाडिएको अवस्थामा फेला

सन्धिखर्क –

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ डिभर्ना बार्सखर्क गाउँमा सामान्य घरायसी झगडामा मदिराले मात्तिएका छोराले आफ्नै बुवाको हत्या गरी शव नजिकैको मलखातामा गाडेको घटना सार्वजनिक भएको छ।

प्रहरीका अनुसार, ७२ वर्षीय जंगबहादुर नेपालीलाई उनका ४० वर्षीय जेठा छोरा झुपे नेपालीले बुधवार दिउँसो दाउराले टाउकोमा हानेर हत्या गरेका हुन्। हत्या गरेपछि झुपेले शवलाई मलखातामा गाडेका थिए। स्थानीयले झुपे जंगबहादुरका जेठा छोरा भएको र उनको रक्सीको लतका कारण पटक–पटक विवाद हुने गरेको प्रहरीलाई बताएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार, मदिराले मात्तिएका झुपेले रिसको झोकमा कुटपिट गरी बुवाको हत्या गरेर शव लुकाउन मलखातामा गाडेका हुन्। मल्लले भने, “झुपे दुई महिनाअघि पनि अभद्र व्यवहारको कसुरमा प्रहरी नियन्त्रणमा परेका थिए। अहिले उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।”

छिमेकीसमेत रहेकी वडा सदस्य मिना श्रेष्ठले जंगबहादुरले कान्छी श्रीमतीसँग विवाह गर्दा झुपे जन्मिसकेको र बार्सखर्कमा हुर्किएको बताइन्। “झुपे दिनभरजसो रक्सी खाएर हल्ला गर्थे। बुधवार आमा घरमा नभएको बेला उनले बुवाको हत्या गरेर मलखातामा गाडे,” श्रेष्ठले भनिन्।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस