२०८२ असार २७ गते, शुक्रबार २०:१६

मनसुजन्य विपद्को जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि प्रदेश सरकारले शुक्रवार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका जिल्ला सुरक्षा समितिहरुसँग समन्वयात्मक छलफल गरेको हो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • बागमती प्रदेशले काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला सुरक्षा समितिसँग मनसुनी विपद् जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि समन्वयात्मक बैठक सम्पन्न गरेको छ।
  • मन्त्री लामिछानेले गत असोजको बाढीले १२ अर्बको क्षति पुर्‍याएको स्मरण गर्दै यस वर्ष उच्च सतर्कतासहित पूर्वतयारी र सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको बताए।
  • विपद् व्यवस्थापनका लागि संघ र प्रदेश सरकारबीच समन्वय आवश्यक रहेको, तर गृह मन्त्रालयबाट पर्याप्त सहयोग नपाएको र प्रदेशले १० करोड बजेट विनियोजन गरेको उनको भनाइ छ।

काठमाडौँ-

वागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालको आयोजनामा विपद् जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि जिल्ला सुरक्षा समितिसँग समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

मनसुजन्य विपद्को जोखिम न्युनिकरण तथा प्रतिकार्यका लागि प्रदेश सरकारले शुक्रवार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका जिल्ला सुरक्षा समितिहरुसँग समन्वयात्मक छलफल गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री लामिछानेले गत असोजको घटनाबाट पाठ सिकेर आवश्यक पूर्वतयारीमा जुटिरहेको बताउनु भयो ।

उहाँले गत वर्षको असोजमा आएको बाढीले झन्डै १२ अर्ब रुपैयाँ बराबरको क्षति पु¥याएको भन्दै यस वर्ष उच्च शतर्कताका साथ विपद् जोखिम न्युनिकरणमा जुटिरहेको बताउनु भयो । उहाँले सबै जिल्लाका सुरक्षा निकायहरुलाई समेत हाई अलर्टमा बस्न निर्देशन दिइएको मन्त्री लामिछानेको भनाइ छ । उहाँले विपद् व्यवस्थापनका लागि प्रदेश एक्लैले नसक्ने उल्लेख गर्दै संघ र प्रदेश सरकारबीच आवश्यक सहकार्य र समन्वयको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले विपद् व्यवस्थापनका लागि संघ सरकारसँग पटक–पटक बजेट माग गरिएको भएपनि गृहमन्त्रालयले पर्याप्त सहयोग नगरेको बताउनु भयो । उहाँले प्रदेशमास समेत विपद्का लागि बजेट नै नछुट्याइने चलन रहेकोमाय स वर्ष आफ्नै पहलमा १० करोड रुपैयाँ विनियोजन गरिएको बताउनु भयो ।

उहाँकाअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् परिषद्को बैठकले गरेका निर्णयहरू समेत अहिलेसम्म कार्यान्वयनमा आएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खबर

neelambads

पोडकास्ट सुन्नुहोस