२०८३ असार २३ गते, मंगलवार ११:००

२० हजार घुससहित मालिगाउँ वृत्तका सई दिनेश राउत रंगेहात पक्राउ

काठमाडौँ-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी वृत्त मालिगाउँमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दिनेश राउतलाई २० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ। ३५ वर्षीय सई राउतलाई आयोगको टोलीले मंगलबार साँझ ५ बजे गहनापोखरीस्थित ‘ग्रिन स्टार क्याफे’ बाट नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार राउतले बैंकिङ कसुर सम्बन्धी एउटा मुद्दामा जाहेरवालाको फसेको रकम फिर्ता गराइदिने र प्रक्रियामा सहजीकरण गरिदिने प्रलोभन देखाई सेवाग्राहीसँग घुस माग गरेका थिए।

यसरी भए पक्राउ

सेवाग्राहीबाट घुस लिँदै गरेको विशेष सूचनाका आधारमा टंगालस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले उनलाई क्याफेबाटै नगदसहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका सई राउतलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि अख्तियारको हिरासतमा राखिएको छ।

प्रहरी वृत्तभित्रै बसेर न्यायका लागि आएका सेवाग्राहीसँग रकम असुल्ने कार्यमा संलग्न भएको भन्दै उनलाई भ्रष्टाचार निवारण ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।

प्रतिक्रिया

कांग्रेसको देउवा समूहद्वारा नयाँ पार्टी गठनको औपचारिक तयारी, सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’

काठमाडौँ– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन इतर पक्ष

कांग्रेसको देउवा समूहद्वारा नयाँ पार्टी गठनको औपचारिक तयारी, सम्भावित नाम ‘राष्ट्रिय कांग्रेस’ र चुनाव चिह्न ‘शंख’

काठमाडौँ– नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेसँगै संस्थापन इतर पक्ष

पोडकास्ट सुन्नुहोस