२०८३ भाद्र २२ गते, सोमबार २१:२६

देउवा भन्छन्– कँडेलजस्ता निष्ठावान् नेता पाउन कठिन, लोकतन्त्रविरुद्ध आक्रमण भइरहेको छ

काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देश र जनताको हितमा समर्पित नेता पाउन कठिन भएको बताएका छन्। शुक्रवार बागलुङको काठेखोला गाउँपालिका–५, करलिम गाउँमा आयोजित स्व. नेता गोविन्दप्रसाद शर्मा कँडेलको १३औँ दिनको श्रद्धाञ्जली सभामा बोल्दै उनले कँडेलजस्ता त्यागी र निष्ठावान् नेता अब विरलै पाइने उल्लेख गरे।

श्रद्धाञ्जली सभामा नेताहरू कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य चम्पा खड्का, अर्जुन जोशी लगायत सहभागी थिए। देउवाले लोकतन्त्रविरुद्ध आक्रमण भइरहेको भन्दै चिन्ता व्यक्त गरे। कँडेल २०४८ सालमा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद थिए।

प्रतिक्रिया

बाढीका मृतकप्रति वीरगन्जमा भावपूर्ण श्रद्धाञ्जली: घण्टाघर र माईस्थानमा हिन्दू स्वयंसेवक संघ, रास्वपा र नेवाः समुदायद्वारा दीप प्रज्वलन

वीरगन्ज– देशमा आएको विनाशकारी बाढी र प्राकृतिक विपद्का कारण अकालमा

पोडकास्ट सुन्नुहोस