काठमानडौँ-

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट तत्वहरुले हस्ताक्षर क्याम्पियन चलाएको बताउनुभएको छ ।
झापाको बिर्तामोडमा आईतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै भ्रष्ट तत्वहरुले हस्ताक्षर क्याम्पियन चलाएको बताउनुभएको हो । उहाँले सहकारीका करोडौँ झ्वाँम पार्ने, गरिव जनताका पैसा खाएर अन्याय प¥यो भन्दै हस्ताक्षर गर्ने गरेको बताउनु भयो । अदालतले थुन्ने आदेश दिएपनि एमालेमाथि प्रहार भइरहेको बताउनु भयो । उहाँले अन्याय भएको भए पुनरावेदनमा जान सुझाव दिनुभयो । भीरमा भैँसी चराउन लैजाने र चराउन नजानेर लडाएपछि निहुँ खोज्ने काम नगर्न चेतावनी दिनुभयो ।
प्रधानमन्त्री ओलीले प्रतिपक्षमा रहेका भ्रष्ट तत्वहरुले अफवाह फैल्याइरहेको बताउनु भयो ।