२०८२ असार ३० गते, सोमबार १५:०७

काठमाडौँ-

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्षमा देशका आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको दाबी गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको र समयसीमा तोकेर काम गर्ने प्रचलन सुरु भएको बताएका छन्।

‘टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने चलन यसअघि थिएन, अहिले त्यो सुरु भएको छ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्। उनले नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्त्वपूर्ण कानुनहरू संशोधन भएको र सेवा प्रवाह अब लाइनबाट होइन, अनलाइनबाट हुने प्रचलन बढेको उल्लेख गरे।

‘गर्नुपर्ने कामहरू धेरै छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ,’ उनले थपे। गत वर्ष असार ३० गते नेपाली कांग्रेसलगायतका दलसँगको गठबन्धनमा ओलीको नेतृत्वमा सरकार गठन भएको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस