सुनसरी –

सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराति करिब १ बजे १८ वर्षीया किशोरी अर्सी खातुनको गोली हानी हत्या भएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार अर्सीको हत्या उनकै भिनाजु, भारत घर भएका २९ वर्षीय आजात मिया जटले गरेको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले बताए।
टाउकोमा गोली लागेकी अर्सीको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव पोस्टमर्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। घटनापछि फरार रहेका मियाको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।
गोली प्रहारको कारण हालसम्म खुल्न नसकेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए।