२०८२ श्रावण १ गते, बिहीबार २१:४६
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • धान रोपाइँमा भारी कमी: मधेस प्रदेशमा मनसुनमा वर्षा नहुँदा खेत सुख्खा छन्, जसले गर्दा गत वर्षको ६१% को तुलनामा यस वर्ष मात्र ३६% धान रोपाइँ भएको छ। धनुषा, सिरहा, सर्लाही, महोत्तरीलगायत जिल्लामा पानीको स्रोत सुक्दा किसान संकटमा छन्।
  • खानेपानी र सिंचाइको अभाव: मधेसमा खानेपानी र सिंचाइको चरम अभाव छ। चापाकल र मुहान सुक्दा बारा, पर्सालगायत क्षेत्रमा स्थानीय सास्तीमा छन्। बोरिङले समेत समस्या समाधान गर्न नसकेको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए।
  • प्रदेश सरकारको प्रयास: मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ। खानेपानी संकट टार्न १६ वटा वारुण यन्त्र हस्तान्तरण गरिएको छ। मुख्यमन्त्री सिंहले संघीय मन्त्रीसँग छलफल गरी समस्या समाधानमा सरकार साथमा रहेको बताए।

वीरगन्ज-

कतै वर्षाले विपद् निम्त्याएको छ त कतै सुख्खा छ । खडेरीले मधेस प्रदेशमा धान रोपाईं हुन सकेको छैन । मधेस प्रदेशमा पानीको हाहाकार छ । साउन महिना लागिसक्दा पनि वर्षा नहुँदा खेत सुख्खा छन् । धान रोपाईं समेत प्रभावित भएको छ । पानीको आशमा आकाशतर्फ हेरिरहेका किसान अब सरकार र प्रकृति दुवैसँग गुनासो गर्दैछन् । खेतमा पानी छैन । मोटर चलाउने राम्रो व्यवस्था छैन । धान राप्न नपाउँदै मधेसका किसान चिन्तित छन् । मधेस प्रदेशका धनुषा, सिरहा, सर्लाही महोत्तरी लगायतका जिल्लामा पानीको स्रोत सुकेपछि किसान गहिरो संकटमा छन् । न त सिंचाइको सुविधा पुगेको छ न त वैकल्पिक उपायहरू अपनाइएको छ । धान रोपाईं त परै जाओस् खानेपानीको समेत मधेसमा शुरु भइसकेको छ । मधेस नेपालकै अन्नभण्डार हो । यहाँको मुख्य बाली धान हो । धानले मुलुककै अर्थतन्त्रमा ठूलो टेवा पु¥याउँदै आईरहेको छ । तर अहिलेको अवस्थाले उत्पादनमा भारी गिरावट आउने संकेत गरिरहेको छ । यसले खाद्य संकट निम्त्याउने खतरा समेत बढाएको छ । उता किसानलाई खडेरीको चिन्ताले दैनिक पिरोल्छ । गत वर्ष असारको अन्त्यसम्म ६१ प्रतिशत धान रोपाईं सम्पन्न भएको थियो भने यस वर्ष मनसुनमा समेत पानी नपर्दा मात्र ३६ प्रतिशत धान रोपाईं हुन सकेको छ ।

मधेस प्रदेशले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । समयमै राहत नपाए यो समस्या सम्पूर्ण देशको बन्नेछ । खडेरीसँगै मधेसमा चर्किएको खानेपानीको अभाव टार्न मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहकै वारुणयन्त्र परिचालन गरिएको छ । मुहान सुक्दा बारा र पर्सामा खानेपानीको चरम अभाव छ । अन्य जिल्लामा पनि चापाकल सुक्दा खानेपानीका लागि स्थानीय सास्ती भोग्न बाध्य छन् । यही समस्यालाई मध्यनजर गर्दै मधेस सरकारले प्रदेशका विभिन्न स्थानीय तहलाई १६ वटा वारुण यन्त्र समेत हस्तान्तरण गरेको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानीको समेत अभाव भएको अवस्थामा कृषिमा यसले ठूलो क्षति हुने बताउनु भयो । कृषिमा आजसम्म ३६ प्रतिशत रोपाईं मात्र भएको बताउनु भयो । विगतका वर्षहरुमा ७५ प्रतिशत रोपार्ईं सकिसकेको हुन्थ्यो । बोरिङ गरेर पनि समस्या समाधान हुनसक्ने स्थिति नरहेको उहाँले बताउनु भयो ।

मुख्यमन्त्री सिंहले सुक्खा र खानेपानी संकटका कारण प्रभावित प्रदेशका नागरिकको समस्या समाधानमा प्रदेश सरकार नागरिकका साथमा रहेको बताउनु भयो । उहाँले मधेसमा देखिएको खानेपानीको समस्या टार्न संघीय खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गर्नु भएको थियो । मधेसमा सतह मुनिको पानी दिनदिनै झर्दै गइरहेको छ । यसले भूमिगत सिंचाई प्रणाली समेत प्रभावित भइरहेको मुख्यमन्त्री सिंहले बताउनु भयो ।

प्रतिक्रिया

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान

काठमान्डौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान

काठमान्डौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी

पोडकास्ट सुन्नुहोस