२०८२ पुष २४ गते, बिहीबार ०३:४६

नेप्से परिसूचक ७५.८४ अङ्कले बढेर २,८७०.६३ विन्दुमा, सबै समूहमा वृद्धि

काठमाडौं –

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज आर्थिक वर्ष २०८२/८३ को पहिलो दिन ७५.८४ अङ्कले बढेर २,८७०.६३ विन्दुमा पुगेको छ, जुन २.७१ प्रतिशतको वृद्धि हो। आज तीन सय ११ कम्पनीका तीन करोड ८६ लाख ३४ हजार ३५० कित्ता शेयर एक लाख ४१ हजार ४३४ पटक खरिदबिक्री हुँदा १६ अर्ब ५९ करोड २१ लाख पाँच हजार ४५५.१७ रुपैयाँको कारोबार भएको छ। दुई सय ४० कम्पनीको शेयर मूल्य बढ्दा नौ कम्पनीको घटेको छ भने कारोबार रकम पनि उल्लेखनीय रूपमा बढेको छ।

आज सबै समूहगत परिसूचकमा वृद्धि देखिएको छ। ‘अन्य’ समूह ५.०९ प्रतिशतले सबैभन्दा बढी बढेको छ। लगानी समूह ३.१७, जीवन बिमा ३.१४, हाइड्रोपावर ३.०४, बैंकिङ १.७६, विकास बैंक १.९५, फाइनान्स २.८०, होटल तथा पर्यटन २.६०, उत्पादन तथा प्रशोधन २.९४, माइक्रोफाइनान्स २.५०, निर्जीवन बिमा २.१८ र व्यापार १.७६ प्रतिशतले बढेका छन्।

आज ट्रेड टावर लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने एनआबिएल स्टेबल फण्डको शेयर मूल्य ७.५८ प्रतिशतले सबैभन्दा धेरै घटेको छ।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस