२०८२ श्रावण १ गते, बिहीबार २०:५९

काठमान्डौँ-

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गर्नुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित नेपाली काँग्रेसको युवा केन्द्रित आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गर्नुभएको हो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले केही पटक अब एक वर्ष मेरो त्यसपछि काँग्रेसलाई सत्ता हस्तान्तरण गर्छु भन्ने गर्नुभएको उल्लेख गर्दै अबको समय सत्ता हस्तान्तरणको दिन गनेर बस्ने नभएको पनि बताउनु भयो ।

उहाँले शुरुमा दुई वटा पार्टी मिलेर राम्रो कामको शुरुवात गरेपनि अहिले बरालिएको बताउनु भयो । अहिले सरकार खालि दिन गनेर बस्ने जस्तो मात्रै भएकाले टिप्पणी गर्दै यसबाट बाहिर निस्किनुपर्ने बताउनु भयो । ०८४ सम्मका प्रत्येक दिन काम गरेर देखाउनुपर्ने बताउनु भयो । उहाँले काँग्रेस २०८४ सम्म देशको ठूलो पार्टी रहेको र अहिले सरकारमा रहेकाले यो समय खेर फाल्न नहुने बताउनु भयो ।

महामन्त्री थापाले ०८४ सम्म स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले जनताले महशुस गर्नेगरी काम गरेर देखाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान

काठमान्डौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी

कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान

काठमान्डौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ध्रुवबहादुर प्रधानले कैद सजाय भुक्तानी

पोडकास्ट सुन्नुहोस