२०८२ श्रावण २ गते, शुक्रबार १९:४७

वीरगन्ज –

वीरगन्जस्थित सगरमाथा एग्रो ट्रेडिङ प्रा.लि. र यसका सञ्चालक उमेश अग्रवालमाथि उपभोक्ता ठगी र राजस्व छलीको गम्भीर आरोप लागेको छ। “नेवारी ब्रान्ड” अन्तर्गतको चामल आयात र बिक्री गर्दै आएको यो कम्पनीले भ्रामक विज्ञापनमार्फत उपभोक्तालाई ठगेको र भन्सार राजस्व छलेको आरोपमा विवादमा तानिएको छ।

विगत केही समयदेखि “नेवारी ब्रान्ड” को पुलाव बासमती चामलको बोरामा तामाको जग र स्टिलको थर्मसजस्ता आकर्षक उपहार दिइने भन्दै सामाजिक सञ्जाल, विशेषगरी टिकटकमार्फत आक्रामक प्रचार गरिएको थियो। तर, उपभोक्ताले चामलको बोरा खोल्दा तामाको जग वा थर्मसको सट्टा सस्तो स्टिलको कचौरा र सानो टिफिन मात्र प्राप्त गरेको व्यापक गुनासो सामाजिक सञ्जालमा देखिएको छ। यो भ्रामक प्रचारले उपभोक्ताहरू ठगिएको महसुस गरिरहेका छन्।

भैरहवा भन्सार नाकाबाट आयात गरिएको २५ केजीको चामलको बोरामा राखिएको भनिएका तामाको जग वा स्टिलको थर्मसको विवरण भन्सार प्रज्ञापनपत्रमा उल्लेख छैन, न त ती वस्तुको भन्सार राजस्व तिरिएको छ। सूत्रहरूका अनुसार, यी उपहार वस्तुहरू गोप्य रूपमा भित्र्याइएको र गोदाममा पुगेपछि छुट्टै निकालेर बिक्री गरिएको आशंका छ। यसले राज्यलाई ठूलो मात्रामा राजस्व घाटा भएको अनुमान गरिएको छ।

उपहारको लोभ देखाएर कमसल गुणस्तरको चामल बेच्ने कार्यले सगरमाथा एग्रो ट्रेडिङमाथि उपभोक्ता ठगीको आरोप लागेको छ। उपभोक्ताहरूले महँगो मूल्यमा चामल किन्दा अपेक्षित उपहार नपाएको र चामलको गुणस्तरसमेत सन्तोषजनक नभएको गुनासो गरेका छन्। यो कार्य उपभोक्ता संरक्षण ऐनको ठाडो उल्लङ्घन भएको विज्ञहरूको भनाइ छ।

उपभोक्ता हित संरक्षण मञ्च, मकवानपुरले यो विषयमा विज्ञापन बोर्ड, काठमाडौंमा औपचारिक उजुरी दर्ता गराएको छ। विज्ञापन बोर्डले सगरमाथा एग्रो ट्रेडिङ र सञ्चालक उमेश अग्रवालविरुद्ध विज्ञापन ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाएको पुष्टि भएको छ। मञ्चका प्रतिनिधिले भने, “राम्रो उपहारको लोभ देखाएर घटिया चामल बेच्नु र राज्यलाई राजस्व छल्नु गम्भीर अपराध हो। यस्तो गोरखधन्दालाई तुरुन्त रोकेर दोषीमाथि कडा कारबाही हुनुपर्छ।”

यो प्रकरणले बिरगंजको व्यापारिक क्षेत्रमा ठूलो तरंग ल्याएको छ। सवाल उठेको छ– के उमेश अग्रवालजस्ता व्यापारीहरू, जो पैसाको बलमा भन्सार र व्यवस्थासँग सेटिङ मिलाउँछन्, कारबाहीको दायरामा आउलान्? वा फेरि पनि यस्ता गैरकानुनी गतिविधिहरूले उन्मुक्ति पाइरहनेछन्? उपभोक्ता हित संरक्षण मञ्च र विज्ञापन बोर्डको कदमले यो प्रकरणमा कस्तो नतिजा आउँछ, त्यो समयले बताउनेछ। तर, उपभोक्ता र राज्य दुवैलाई ठग्ने यस्ता गतिविधिविरुद्ध कडा कदम चाल्नुपर्ने माग जोडतोडले उठिरहेको छ।

प्रतिक्रिया

सौर्य एयरलाइन्स दुर्घटना: जाँचबुझ आयोगले बुझायो अन्तिम प्रतिवेदन, मन्त्रीद्वारा कार्यान्वयनको प्रतिबद्धता

काठमाडौं- सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजको जाँचबुझ गर्न

सौर्य एयरलाइन्स दुर्घटना: जाँचबुझ आयोगले बुझायो अन्तिम प्रतिवेदन, मन्त्रीद्वारा कार्यान्वयनको प्रतिबद्धता

काठमाडौं- सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९एन–एएमई–सीआरजे २०० (कलसाइन) जहाजको जाँचबुझ गर्न

पोडकास्ट सुन्नुहोस