काठमाडौं-

नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीमा आफ्ना धारणा राख्न कुनै बन्देज नरहेको बताउनुभएको छ ।
शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा नेताहरुले आफ्नो दृष्टिकोण भरपूर रुपमा स्वतन्त्र भएर राख्नुभएको दाबी गर्नुभयो ।
पार्टीमा रहेर पनि पार्टीलाई आलोचना गर्ने, निरन्तर पार्टीको आलोचना गर्ने कारणले केही नेताहरुलाई कारबाही गरेपनि आत्मालोचनापछि पार्टीमा फर्किसकेको बताउनु भयो ।
बैठकमा कुनै सदस्यहरुको बीचमा कुनै भनाभन नभएको पनि दाबी गर्नुभयो । प्रश्तावित पार्टी विधानमा तीन जना उपाध्यक्ष रहने र वरिष्ठ उपाध्यक्ष नराख्ने प्रश्ताव रहेको बताउनु भयो ।
नेता तामाङले उमेर हद क्रियाशिलतामा आधारित हुने भएकाले उमेर पुग्नसाथ उसको क्रियाशिल कम हुने भन्ने नरहेको बताउनु भयो ।