२०८३ आश्विन २० गते, मंगलवार ०४:२०

पर्सामा जन्ती बोकेको कार दुर्घटना : चालकको मृत्यु, एक घाइते

वीरगन्ज-
पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बहुदरमाई नगरपालिका–८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनीको एकडरवा गाउँतर्फ जाँदै गरेको बीआर ०६४५ नम्बरको कार महुवनस्थित गण्डक नहर नजिक दुर्घटनामा परेको हो। अनियन्त्रित भएको कार राति करिब ९:१५ बजे सडक छेउको पिपलको रूखमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालकको बाराको नौतनस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा राति १०:१५ बजे मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। मृतक चालकको नाम र ठेगाना भने अझै खुल्न सकेको छैन ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका अर्का एक यात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरी रहेको जनाएको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस