२०८२ श्रावण ५ गते, सोमबार २१:२५

काठमाडौं–

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस पुरानो र मूल्यहिन भयो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आज नेपाली काँग्रेसको मुख्य चुनौति भनेकै पुरानो र थोत्रो खराब हो र मूल्यहिन हो भन्नेकुरालाई चिर्नु रहेको बताउनु भयो । समाजमा स्थापित गर्न खोजिएको काँग्रेस पुरानो भयो भन्ने नकारात्मक भाष्यबाट बाहिर निकाल्नु जरुरी रहेको बताउनु भयो । काँग्रेस पुरानो हुनुमा आफूलाई गर्व रहेको बताउनु भयो । काँग्रेसले देशमा धेरै परिवर्तन ल्याएको र योगदान गरेको बताउनु भयो । सँगै नयाँ परिवेश र नयाँ कुरा सिकेर अघि बढ्न पनि काँग्रेस अघि बढिरहेको बताउनु भयो ।

महामन्त्री थापाले काँग्रेसमा थप बहस, थप छलफल, पठनपाठनको संस्कृति आवश्यक रहेको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस