काठमाडौं–

सहकारी वचत तथा संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले सहकारी पीडितको वचत रकम फिर्ता गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
सहकारी वचतकर्ताको वचत रकम फिर्ता गर्न र पीडकलाई कारबाहीको माग गर्दै महासंघले मंगलवार काठमाडौंमा मोटरसाइकल ¥याली गरेको छ। साथै महासंघले १६ समस्याग्रस्त सहकारीहरुको सूचि सहकारी नियमन प्राधिकरणमा बुझाएको छ । महांघमा आवद्ध १६ वटा समस्याग्रस्त सहकारीहरुको सूचि प्राकिरणमा बुझाएको हो । अभियानका कोषाध्यक्ष देव श्रेष्ठले सहकारी पीडितलाई न्याय दिन माग गर्दै लामो समयदेखि आफूहरुले आन्दोलन जारी राखेको भएपनि राज्यले सुनुवाइ नगरेको गुनासो गर्नुभयो । शासकहरु सहकारी पीडितको माग सम्बोधन गर्न तयार नरहेको उहाँको भनाइ छ । उहाँले सहकारी पीडितको माग राज्यले नसुनेको र आन्दोलनकारीको शक्ति नपत्याएनको भन्दै वचतकर्ताको वचत मागेर होइन खोसेर लिनुपर्ने अवस्था आएको चेतावनी दिनुभयो ।
अभियानले समस्याग्रस्त सहकारीका सञ्चालकहरूमाथि कारबाही र पीडितलाई रकम फिर्ता गराउन माग विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ । सहकारीहरूको नियमन र वचतकर्ताको बचत रकम अपचलन गर्ने जो कोहीलाई कानुनको दायरामा ल्याउनको लागि सरकारले ललितपुरको पुलचोकमा प्राधिकरण स्थापना गरेको छ ।