२०८२ श्रावण ७ गते, बुधबार १८:४५

वीरगन्ज –

जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्जमा कार्यरत प्रहरी निरीक्षक लोकराज भट्टलाई असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित गरिएको छ। ट्राफिक व्यवस्थापनमा सक्रियता, अनुशासन र कर्तव्यपरायणताको उदाहरण प्रस्तुत गर्दै उनले यो सम्मान प्राप्त गरेका हुन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराको मातहतमा रहेका मधेस प्रदेशका आठवटै जिल्लाका ट्राफिक कार्यालयहरूबाट प्राप्त मूल्यांकनमा भट्ट उत्कृष्ट ठहरिएका छन्। उनले ट्राफिक व्यवस्थापन, ह्यान्डलिङ, आकस्मिक परिस्थितिमा तीव्र निर्णय क्षमता, जनसम्पर्क, सहकार्य र प्रभावकारी नेतृत्वद्वारा विशेष पहिचान बनाउन सफल भएको प्रतिवेदनमा उल्लेख छ।

प्रहरी निरीक्षक भट्टले वीरगन्जको जटिल ट्राफिक व्यवस्थापनलाई सहज बनाउन उल्लेखनीय योगदान पुर्‍याएका छन्। उनको यो योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल प्रहरीले रु ६,३०० नगद पुरस्कारसहित सम्मान गरेको छ।

नेपाल प्रहरीले ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य सम्पादन गर्ने उद्देश्यले मासिक रूपमा ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषणा गर्ने गर्छ। असार महिनाको लागि यो सम्मान भट्टलाई प्रदान गरिएको हो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस