२०८२ आश्विन २ गते, बिहीबार १७:४०

पूर्वराष्ट्रपतिलाई राजनीतिमा ल्याउन खोज्नु राष्ट्रपति पदकै अपमान होः प्रधानमन्त्री ओली

काठमाडौं-

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः सक्रिय राजनीतिमा ल्याउन खोज्नु राष्ट्रपति पद र गरिमाप्रति नै अपमान हुने बताउनुभएको छ ।

मंगलवार राति एमाले केन्द्रिय कमिटीको बैठक समापन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय गौरवका रुपमा रहेको व्यक्तिलाई राजनीतिमा ल्याउँदा उहाँलाई दिएको सम्मानप्रति नै अपमान हुने बताउनुभएको हो । बैठकपछि केन्द्रिय कमिटीका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै प्रचार विभाग प्रमुख गौतमले पूर्वराष्ट्रपति भण्डारीलाई पूर्वराष्ट्राध्यक्षकै रुपमा सम्मान कायम राख्नुपर्ने बताउनु भयो ।

नेता गौतमले एमालेले ७० वर्षे उमेरहद कायम राख्दा अध्यक्ष ओलीलाई पुनः अध्यक्ष बन्नबाट रोक्ने हुँदा ७० वर्षे उमेरहद हटाइएको स्पष्ट पार्नुभयो । पार्टीका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष लगायत नेताहरूलाई ११ औँ महाधिवेशनमा नेतृत्वको लागि प्रतिष्पर्धा गर्न नरोकेको भन्दै केन्द्रिय कमिटीले पुनः अध्यक्षमा ओलीलाई नै अघि सार्न चाहेको बताउनु भयो । बैठकले विधान अधिवेशनको तयारी लगायतका विषयमा निर्णय गरेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस