काठमाडौं-

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले गणतन्त्रमा झार पलाएको टिप्पणी गर्नुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । गणतन्त्र त आएको तर झार पलाएर गणतन्त्रका फूलहरु खोज्नुपर्ने भएको उहाँको भनाइ छ । हरेक दिन एकताको कुरा गर्ने तर आफैँभित्र उकुसमुकुसको स्थिति रहेको उहाँको भनाइ छ । कम्युनिष्ट आन्दोलनलाई एकता नै आवश्यक रहेको तर त्यसका लागि निश्चित दृष्टिकोणको जरुरी रहेको उहाँको भनाइ छ । नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरुका झारपातहरु मौलाएको उहाँको जिकिर छ ।
महासचिव चन्दले निश्चित दृष्टिकोणसहित अघि बढेर कम्युनिष्ट एकतालाई अझ बलियो बनाउनुपर्ने बताउनु भयो ।