२०८२ पुष २४ गते, बिहीबार ०४:१०

वीरगन्ज महानगरपालिकामा साउन १३ देखि वर्षे विदा

वीरगन्ज-

वीरगन्ज महानगरपालिकाभित्रका सबै विद्यालयहरूमा साउन १३ गतेदेखि वर्षे विदा लागू हुने भएको छ। महानगरपालिकाले मंगलबार जारी गरेको सूचनाअनुसार साउन १३ देखि ३० गतेसम्म विद्यालयहरू बन्द रहनेछन्।

यसअघि नगरको शैक्षिक क्यालेन्डरअनुसार साउन १३ देखि भदौ ६ गतेसम्म वर्षे विदा तय गरिएको थियो। तर, यस वर्ष गर्मी विदा अगावै प्रदान गरिसकिएकाले त्यसलाई समायोजन गर्न वर्षे विदाको अवधि संशोधन गरिएको हो।

महानगरपालिकाको सूचनामा भनिएको छ, “गर्मी विदा पहिले नै दिइसकिएकाले वर्षे विदामा कटौती गरी साउन १३ देखि २० गतेसम्म विदा दिइने निर्णय गरिएको छ।” यो निर्णय वीरगन्ज महानगरपालिकाको नगर कार्यपालिकाको बैठकबाट पारित भएको हो।

विद्यालयहरू साउन २१ गतेदेखि पुनः सञ्चालनमा आउनेछन्।

नेशनल मेडिकल कलेजमा डीन प्रा.डा. शर्मा र क्याम्पस प्रमुख प्रा.डा. उप्रेती सम्मानित; नवनिर्मित कन्फरेन्स हलको उद्घाटन

वीरगन्ज- वीरगन्जस्थित नेशनल मेडिकल कलेजले त्रिभुवन विश्वविद्यालय, शिक्षण संस्थान (IOM)

पोडकास्ट सुन्नुहोस