२०८२ श्रावण ७ गते, बुधबार १९:१३

काठमाडौँ-

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरु जबजवादी नभएको स्पष्ट पार्नुभएको बताउनुभएको छ ।

पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवसमा पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टी विभाजन भएदेखि नेपालले आफूहरु जबजवादी नभएको र जबज नमान्ने बताउनुभएको अध्यक्ष ओलीको भनाइ छ । अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री झलनाथ खनालप्रति लक्षित गर्दै पाँचौँ महाधिवेशनबाटै जबज नमान्ने घोषणा गरिसक्नुभएको उल्लेख गर्नुभयो । उहाँले माधव नेपालले जबज मान्दैनौँ भनेर साँचो कुरा गर्नुभएको र साँचो कुरा गर्न यति लामो समय लागेको बताउनु भयो । उहाँले कुनैबेलामा जबजको बाँसुरी बजाए नेता हुन पाइन्छ भन्दै जबजको बाँसुरी बजाउनेहरु रहेको पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले जबज एमाले पार्टीको सामुहिक बुद्धिको उपज भएको बताउनु भयो । मदन भण्डारीको अगुवाईमा संश्लेषण गरिएको तत्कालीन समयको सामना गर्न तयार गरिएको नीति भएको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस