२०८२ श्रावण ९ गते, शुक्रबार २१:१६

काठमान्डौं-

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशलाई मरुभूमिकरण हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै अध्यक्ष यादवले मधेशको सिंचाई र खानेपानी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले मधेश प्रदेशमा डिप बोरिङ र विद्युतीय सिंचाई प्रणालीको व्यवस्था गर्न समेत सरकारसँग माग गर्नुभयो । उहाँले मधेशको खोनपानीको समस्या विगत वर्षहरुमा समेत राख्दै आएको पनि सरकार गम्भीर नहुँदा संकट उत्पन्न भएको बताउनु भयो । उहाँले मधेशमा घट्दै गएको पानीको सतह कर्म गर्न तत्काल काम थाल्न पनि माग गर्नुभयो ।

उहाँले मधेस प्रदेशको सुक्खा क्षेत्रमा २४सै घण्टा विद्युत आपूर्ति गर्न समेत सरकारसँग माग गर्नुभयो । उहाँले चुरे संरक्षण गरी मधेसमा भइरहेको मरुभूमिकरण रोक्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस