काठमान्डौं-

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आम नागरिकमा ठूलो निराशा पैदा हुँदै गएको बताउनुभएको छ ।
नेपाल खबरले आफ्नो १० वर्ष प्रवेश गरेको अवसरमा काठमाडौंमा आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सत्य सापेक्ष हुने भन्दै जनतालाई भनेजस्तो किन सेवा सुविधान दिन सकिएन भनेर सोच्न जरुरी रहेको बताउनु भयो । उहाँले त्यसको समीक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरुको भएको पनि बताउनु भयो । नेपालमा दिन प्रतिदिन भ्रष्टाचार बढिरहेको बताउनु भयो । भ्रष्टाचारको स्थिति दुनियाँमा तुलना गर्दा नेपाल क्रमशः भ्रष्टाचारी मुलुकभित्र अघि बढिरहेको उहाँको भनाइ छ ।
अध्यक्ष दाहालले अब सजिलै जनतालाई सन्तुष्ट गर्ने स्थिति नरहेको बताउनु भयो । संविधानको समीक्षा गरेर संशोधनतर्फ अघि बढ्नुपर्ने बताउनु भयो ।