२०८२ श्रावण ११ गते, आईतवार १५:४६

महोत्तरी-

महोत्तरीको बर्दिबासस्थित डीएनबी मेडिकेयर सेन्टरमा कार्यरत ४१ वर्षीय चिकित्सक डा. प्रवीण मिश्रलाई एक किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको बलरा घर भएका मिश्रलाई इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताए।

किशोरीले आफूलाई मिश्रले बलात्कार गरेको जानकारी अभिभावकलाई दिएपछि अभिभावकले प्रहरीमा किटानी जाहेरी दिएका थिए। प्रहरीले मिश्रमाथि थप अनुसन्धान गरिरहेको जनाएको छ। यो घटनाले स्थानीय समुदायमा ठूलो आक्रोश पैदा भएको छ।

प्रतिक्रिया

गृहमन्त्रीको निर्देशनः खानेपानी र सिंचाईको समस्या भएका स्थानको पहिचान गरी छिटो बोरिङ गर्ने वातावरण मिलाउनू

काठमान्डौं- गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको

गृहमन्त्रीको निर्देशनः खानेपानी र सिंचाईको समस्या भएका स्थानको पहिचान गरी छिटो बोरिङ गर्ने वातावरण मिलाउनू

काठमान्डौं- गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यका निकायहरुबाटै व्यापक रुपमा मानव अधिकार उल्लङ्घन भइरहेको टिप्पणी गर्नुभएको छ । आईतवार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद गौतमले यस्तो टिप्पणी गर्नुभएको हो । सामाजिक सञ्जालमा टिप्पणी गरेका आधारमा पक्राउ गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । सांसद गौतमले पछिल्लो समय देखिएका मानव अधिकार उल्लङ्घनसम्बन्धी कुराहरु मानव अधिकारको प्रतिवेदनमा समेट्नुपर्ने बताउनु भयो । सांसद गौतमले न्यायिक हिरासतमा परेका व्यक्ति पुनः प्रहरीले हिरासतमा राख्ने अभ्यासप्रति आपत्ति जनाउनु भयो । उक्त अभ्यास नेपालबाहेक अन्यत्र नरहेको उहाँको जिकिर छ ।

पोडकास्ट सुन्नुहोस